चौथो संस्करणको एसएलसी प्रिन्सेस प्रतियोगिताका ५५ जना सहभागी ग्रान्ड फिनालेको तयारीसँगै विभिन्न सामाजिक कार्यमा पनि संलग्न भैरहेका छन्। यसै सन्दर्भमा उनीहरू राजधानीको सिनामंगलमा बाग्मती नदी सफाइमा सहभागी भएका छन्। उक्त अवसरमा बाग्मती सफाइ अभियानलाई टेवा दिन सहभागीहरूका तर्फबाट रु. १० हजार मूल्य बराबरको ४० वटा थुन्से हस्तान्तरण गरिएको थियो। असारको पहिलो साता सञ्चालन हुने यो प्रतियोगिताका सहभागीहरू ग्रुमिङका साथै फिटनेस, पौडी तथा बि्रज कोर्समा सहभागी भैरहेका छन्।