साप्ताहिक संवाददाता
स्वास्थ्यको दृष्टिले बढेको भुँडी पटक्कै उचित होइन न त ड्रेसिङको दृष्टिबाट नै यो ठीक कुरा हो। फेसनअनुरूप हाई वेस्ट ड्रेस लगाइएको छ भने त्यो बढेको पेटमा पटक्कै सुहाउँदैन। आफ्नो बेलीलाई लुकाउन लामो नेकलेस लगाउनुपर्छ, सर्टलाई पनि पाइन्टभित्र हाल्नु ठीक होइन। पेन्सिल स्कर्टमा लुज ब्लाउज लगाउनुपर्छ। काँधमा ठूलो साइजको ब्याग बोक्नुपर्छ वा कम्मरमा स्लिङ ब्यागले बाहिर निस्किएको पेटलाई लुकाउन मद्दत गर्छ।
मोटा हात वा तिघ्रा
आफ्नो शरीरको मोटोपन लुकाउने राम्रो र सरल उपाय हो, गाढा रंगको कपडा। यदि आफ्नो हिप वा कम्मर शरीरको अन्य भागभन्दा ठूलो छ भने बेल्टको प्रयोग बिर्सिएर पनि गर्नुहुँदैन। हातमा फ्लेसी ब्रेसलेट वा पफ रिस्टलेट लगाउनु पनि ठीक होइन। प्लिटयुक्त नेकलाइन वा स्पार्कल नेकलेसले अरूको ध्यान आकषिर्त गर्छ, यसले मानिसको ध्यान अन्य भागमा जान दिँदैन।
चौडा निधार
बाँदना, टोप, ह्याट आदिको प्रयोगले आफ्नो चौडा निधार लुकाउन सकिन्छ। यदि कसैको विवाहमा जाने हो भने ठूलो खालको मागटिका लगाउन बिर्सनु हुँदैन। केशलाई स्टाइलिङ गर्नुपर्छ। सम्भव भए वेग्स वा साइड पार्टिङ जस्ता हेयरस्टाइल अपनाउनुपर्छ।
छोटो गर्दन
लामो इयररिङ लगाउनु उपयुक्त हुन्छ। यसले गर्दनलाई लामो भएको अनुभूति प्रदान गर्छ। डीप भी नेक वा यू नेक छोटो गर्दनमा सुहाउँदिलो हुन्छ। ठूलो पेन्डेन्टयुक्त लामो नेकलेसले लुकलाई पूर्णता प्रदान गर्छ। यस्तो स्थितिमा घाँटीमा स्कार्फ पनि प्रयोग गर्न सकिन्छ।
दोहोरो चिउँडो
चोकर लगाउनु ठीक हुँदैन। त्यसको साटो लामो नेकलेस उपयुक्त हुन्छ। कपडाको नेकलाइन पनि चौडा वा लामो हुनुपर्छ, यसले गर्दा डबल चिन लाइन ठीक ढंगबाट देखिन्छ।
फराकिलो छाती
लामो चेन र लामो स्कार्फ पर्फक्ट हुन्छ। चौकोर स्कार्फ, हाई नेक ड्रेस वा घाँटी नजिक कुनै पनि एसेसरिज प्रयोग गर्नु हुँदैन।
बसेको छाती
त्यस्तो पहिरन लगाउनुपर्छ जसमा चेस्ट नजिक इम्बेलिसमेन्ट, इम्ब्रोइडरी वा डिजाइन्स बनेको होस्।
चौडा काँध
हल्टर वा रेगलन स्लीभले चौडा काँधलाई सफ्ट लुक प्रदान गर्छ। पहिरनको काँधमा कुनै पनि डिजाइन वा इम्बेलिशमेन्ट गराउनु हुँदैन। पेडेड ज्याकेट वा पहिरन पनि ठीक हुँदैन।
चौडा नाक
आफ्नो केशलाई नेचुरल नै रहन दिनुपर्छ। केश मुहार नजिक रहोस् भन्ने कुरामा ध्यान पुर्याउनुपर्छ। ह्याट वा क्याप नलगाउनु नै बेस हुन्छ। आफ्नो केशलाई शिरमाथि बाँध्नुपर्छ तर किनाराबाट केशलाई खुला रहन दिनुपर्छ।
ठूलो खुट्टा
टी स्ट्रेप स्यान्डलबाट जोगिनुपर्छ। क्लोज सुज नै लगाउनुपर्छ। ट्राउजर्सलाई एङ्कलमुनि नै राख्नुपर्छ। छोटो ट्राउजर वा स्कर्ट प्रयोग गर्नुहुँदैन।