साप्ताहिक संवाददाता
- दीनदुःखी प्रबल
मागी हो। मलाई त प्रेमभन्दा मागी नै ठीक लाग्यो। मागी विवाहको मज्जा नै छुट्टै छ।
तपाईंजस्तो हिट हुन के गर्नुपर्छ ?
- मेघराज पराजुली
म आफैंलाई थाहा छैन, म कसरी हिट भएँ ? म त आफूलाई धेरै हिट सम्झिन्नँ। चिसै छु जस्तो लाग्छ। हिट हुन पहिले फिट हुन जान्नुपर्छ।
नेपाली चलचित्रमा छाडापन बढेजस्तो लाग्दैन ?
- प्रशान्त ढकाल, बानेश्वर
मलाई त लाग्छ, तर निर्देशक र नायिकाहरूलाई पनि लाग्नुपर्यो नि। दर्शकहरूले पनि छाडाभन्दा गाढा चलचित्रतिर मन दिनुपर्यो।
'जिरे खुर्सानी’ दोहोर्याएर बोर गर्नुभएन नि मुन्द्रे ब्रो ?
- प्रज्वल शर्मा, शंखमूल
दोहोरिँदा तपाईंहरूलाई भन्दा बढी बोर हामीलाई लागेको छ, तर के गर्नु यहाँ बाध्यता भन्ने कुराले ठूलो भूमिका खेलेको छ। आशा गरौं, यो संविधानसभाजस्तो हुनेछैन, चाँडै नै नयाँ श्रृंखला हेर्न पाउनुहुनेछ।