हङकङका नेपाली युवा गायक सञ्जीव गुरुङले नेपाल आएर आफ्नो सांगीतिक समूह 'बफिन्स-९८' लाई सक्रिय बनाएका छन्। लामो समयदेखि हङकङमा रहेर नेपाली संगीतको प्रवर्द्धनमा व्यस्त सञ्जीव कोइजार एचके सांगीतिक समूहका गायक पनि हुन्। सन् १९९८ मै पोखरामा स्थापना भएको 'बफिन्स ९८' शीर्षकको समूहले यसअघि सन् २००१ मा पहिलो एल्बम 'नौलो कीर्ति' तथा २००३ मा दोस्रो एल्बम 'पहिचान' सार्वजनिक गरिसकेको छ। सांगीतिक समूह स्थापना भएको करिब डेढ दशकपछि २०१४ को मार्च महिनामा समूहले तेस्रो एल्बम 'परावृत्त' सार्वजनिक गरेको छ। यतिबेला गायक गुरुङ समूहका तर्फबाट अंग्रेजी गीतको एल्बमको तयारीमा जुटेका छन्। ब्यान्डले विशेषगरी राष्ट्रभक्ति गीतलाई आफ्नो मौलिकता मानेको छ। ब्यान्डको एउटा गीत 'मेरो मनको कथा' यतिबेला काउन्टडाउनको अग्रस्थानमा रहेको छ।