जेष्ठ १६, २०७१
इटहरी
भट्टराईको प्रस्तुतिअघि एक नम्बर ब्लकका करिब ७ सयभन्दा बढी कैदी बन्दीसहित सुरक्षाका लागि खटिएका प्रहरी पनि पेट मिचिमिचि हाँस्न बाध्य भए। नारद खतिवडाले करिब एक घण्टा ननस्टप हँसाएका थिए। गणतन्त्र दिवसको अवसर पारेर कैदी बन्दीका लागि आयोजित गरिएको कार्यक्रममा बादल प्रसाईं, अन्जु राई तथा उत्तम राईले विभिन्न रोमान्टिक गीत सुनाए भने धरानको गरिमा डान्स सेन्टरका कलाकारले नेपाली तथा हिन्दी गीतमा आकर्षक नृत्य प्रस्तुत गरेका थिए।