साप्ताहिक संवाददाता
काउब्वाइलाई अन्डरवेयर
न्युयोर्कको म्यानह्याटन भ्रमण गर्ने धेरैले न्याकेड काउब्वाईको उपनाम पाएका रोवर्ट बु्रकलाई देखेका छन्। निर्वस्त्र झैं भएर गितार, काउब्वाई ह्याट र बुटका साथ देखा पर्ने रोबर्टप्रति एउटा कम्पनी आकषिर्त पनि छ। अन्डरवेयर लगाए पनि गितारले यौनांग छोपेर प्रस्तुत हुने हुँदा उनलाई अगाडिबाट देख्नेहरूले निर्वस्त्र भएको अनुमान गर्छन्। म्यानह्याटन घुम्ने कतिपय त उनको तस्बिर खिच्नसमेत लालायित देखिन्छन्। उनको लोकप्रियता बुझेर 'फ्रुट अफ दि लुम' कम्पनीले आफूले तयार पारेको अन्डरवेयर रोवर्टलाई लगाउन दिएर विज्ञापन गर्ने भएको छ। अरू बेला सेतो अन्डरवेयर लगाउने रोवर्ट अब फरक-फरक रंगको अन्डरवेयरमा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म देखा पर्नेछन्। यसका लागि उनलाई कति रकम दिइएको छ भन्ने कुरा नखुलाइए पनि कम्पनीले ५ वटा अन्डरवेयरको करिब १४ डलर पर्ने जनाएको छ।
विमानमै रासलिला
भर्जिन एटलान्टिक विमानमा सवार भएर लन्डनबाट लसभेगाससम्मको ११ घन्टाको यात्रामा रहेकी एक युवती आफ्नो कामोत्तेजनालाई नियन्त्रण गर्न नसक्दा पक्राउ परेकी छिन्। अभिभावकसँगै यात्रा गरिरहेकी २० वर्षीया ती युवती छेवैमा रहेका पुरुषतर्फ आकषिर्त हुँदै गएकी थिइन्। उक्त आकर्षणलाई यौनसम्बन्धमा परिणत गर्न ती दुवै विमानको शौचालयमा प्रवेश गरेका थिए। विमानको शौचालयबाट कामोत्तेजक आवाज आउन थालेपछि अन्य यात्रुले स्टेवार्डलाई खबर गरेका थिए। स्टेवार्डले ढोका खोलेर हेर्दा उनीहरूलाई आपत्तिजनक अवस्थामा फेला पारेका थिए। अभिभावकसँग यात्रा गरिरहेकी उक्त युवतीलाई अमेरिकी प्रहरीले सोधपुछ गरेर अर्को पटक पक्राउ परे थुनामा राख्ने चेतावनीसहित रिहा गरेको थियो।