साप्ताहिक संवाददाता
आरम्भ
सुर्खेती युवाहरूको एल्बम 'आरम्भ' लाई गत शनिबार संगीतकार टीका भण्डारी, सन्तोष श्रेष्ठ, सुरेश अधिकारी तथा महेश खड्काले संयुक्त रूपमा विमोचन गरे। छत्र बडुवालको यो एल्बमका गीतमा घनश्याम खड्का, नारायण देव, तर्क थापाका शब्द, सुरेश अधिकारी, वसन्त सापकोटा, महेश खड्का तथा बीबी अनुरागीको संगीत सुन्न सकिन्छ। एल्बमका गीत स्वरूपराज आचार्य, राजेशपायल राई, शिव संगीत, अर्जुन सुनाम, टीका पुन तथा सुम्निमा सिंहले गाएका छन्।
अलग
गायक सबु थापामगरको एल्बम 'अलग' यसै साता सार्वजनिक भएको छ। आठवटा गीतको यो एल्बममा खेमराज गुरुङ, डेनियल राई, पेटि्रक सिथ्लिङ तथा सबु थापा मगरका शब्द तथा संगीत सुन्न सकिन्छ। एल्बमका दुईवटा गीतको म्युजिक भिडियो पनि तयार पारिएको छ जसको निर्देशन सोनम पाखि्रन तथा रमेश यतिम राईले गरेका हुन्।
आमा नेपाल
कक्षा ६ मा अध्ययनरत दर्शना महर्जनले राष्ट्र र राष्ट्रियताप्रति समर्पित गीति एल्बम 'आमा नेपाल' श्रोतामाझ ल्याएकी छिन्। यो एल्बममा दर्शनाले ६ वटा गीत समेटेकी छिन्। शास्त्रीय संगीतमा निपूर्ण दर्शना अध्ययनपछिको समय संगीतलाई नै दिइरहेकी छिन्।
हाम्रो माया जुनी-जुनीलाई
गायक समीर लिम्बू चौतारो कान्छाको एल्बम 'हाम्रो माया जुनी-जुनीलाई' को विमोचन धरानमा सम्पन्न भएको छ। एल्बमका गीतमा गायक समिरलाई गायिकाहरू अन्जु पन्त, विष्णु चेम्जोङ तथा श्रीयासी चेम्जोङले साथमा दिएका छन्।