साप्ताहिक संवाददाता
जेष्ठ ३०, २०७१
दमक
केही वर्ष अघिसम्म सामान्य अवस्थामा रहेकी रमा शरीरमा मासु लागेर तौल बढ्न थालेपछि विगत दुई वर्षदेखि घरबाहिर हिँडडुल गर्न सक्ने अवस्थामा छैनन्। घरमा उनलाई बस्न र सुत्न सहज हुने गरी बिछ्यौना मिलाइएको बुबा खेमनाथ बताउँछन्। खेमनाथका अनुसार रमाले बिहान उठेर आफ्नो नित्य कर्म गर्ने, खाना पकाउने, सरसफाइ गर्नेसम्मको काम गर्दै आएकी थिइन्। गत पुसमा रमाको तौल १ सय ७० किलोग्राम थियो। रमाले बजारमा पाइने कुनै पनि तयारी कपडा लगाउन मिल्दैन भने यातायातका साधनहरूमा बस्न नै असुविधा हुने गरेको छ। चिकित्सकहरूले हार्मोनका कारण यसरी मासु बढेको भन्दै सुविधा भएका अस्पतालहरूमा उपचार गर्न सुझाव दिएका छन्। दमकस्थित आम्दा अस्पतालले उनलाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरेको छ।