पाँचौं राष्ट्रिय बी बोइङ ब्याटलको फाइनलमा पोखराको गण्डकी क्यु्र प्रथम भएको छ। गण्डकी क्य्रुले पुरस्कारबापत नगद १५ हजार रुपैयाँसहित च्याम्पियन ट्रफी हात पारेको छ। प्रतियोगितामा ६ वटा क्रिउले सहभागिता जनाएका थिए। ती मध्ये आयोजक धरानको द पेस र पोखराको गण्डकी क्य्रु प्वाइन्टका आधारमा क्रमशः पहिलो र दोस्रो हुँदै सेमीफाइनलमा प्रवेश गरेका थिए। अन्य ४ वटा क्य्रु सुपरनोभा, इन्भर्स सिद्धार्थ र बी लिंकबीच पुनः ब्याटल भएको थियो। सेमिफाइनलमा गण्डकी क्य्रुले धरानको सिद्धार्थ क्य्रुलाई हराउँदै फाइनलमा प्रवेश पाएको थियो। त्यसैगरी आयोजक द पेस तरहराको सुपरनोभालाई हराउँदै फाइनल पुगेको थियो। प्रतियोगितामा वातावरण जोगाउन प्लास्टिक झोलाको प्रयोग हटाऊँ भन्ने सन्देश पनि प्रवाह गरिएको थियो। धरानको अग्रणी बी बोइङ क्रिउ द पेस युनियनले हरेक वर्ष ब्याटल आयोजित गर्दै आएको छ।