साप्ताहिक संवाददाता
मोबाइलमा फिल्म
सर्वनाम थिएटरले मोबाइल फोनबाट खिचिएका छोटा चलचित्रको प्रतियोगिता गर्ने भएको छ। 'दृश्यांश' शीर्षकको उक्त प्रतियोगिता माउन्टेन फिल्मसँगको सहकार्यमा हुनेछ। प्रतियोेगितामा संसारभरका नेपालीले आफ्नो कथा-व्यथा समेटिएको दृश्य कथालाई समावेश गरिनेछ। ३ मिनेटसम्मका यस्ता चलचित्रमध्ये उत्कृष्ट ३ लाई विशेष पुरस्कार एवं १० लाई सान्त्वना पुरस्कार प्रदान गरिने बताइन्छ। 'अहिले सबैको हातमा मोबाइल छ र धेरैले भोगेका कथा पनि,' प्रतियोगिताकी संयोजक सम्पदा मल्लले साप्ताहिकसँग भनिन्- 'यस्तो प्रतियोगिताबाट सञ्चारमाध्यम र चलचित्र क्षेत्रको आँखामा नपरेको विषय बाहिर आउन सक्छ भन्ने हाम्रो विश्वास छ।'
क्रिटिक्स एवार्ड
मनोज पण्डितको निर्देशनमा माओवादी द्वन्द्वकाको एउटा घटनामा आधारित चलचित्र 'वधशाला'ले यो वर्षको क्रिटिक्स एवार्ड पाउने भएको छ। चलचित्र समीक्षक समाज -फिक्सन) ले वितरण गर्ने क्रिटिक्स एवार्डका अन्य विधामा 'वधशाला' का छायाँकार शैलेन्द्रध्वज कार्कीलाई सर्वोत्कृष्ट छायाँकार, जोयश पाण्डेलाई चलचित्र 'साँघुरो'बाट सर्वोत्कृष्ट निर्देशक, कोसिस क्षेत्रीलाई चलचित्र 'मोक्ष'बाट सर्वोत्कृष्ट अभिनेता, ऋचा शर्मालाई चलचित्र 'उमा'बाट सर्वोत्कृष्ट अभिनेत्री, विनोद पौडेललाई 'साँघुरो'बाट सर्वोत्कृष्ट स्त्रिmप्ट लेखक, लोकेश बज्राचार्यलाई चलचित्र 'कर्कश'बाट सर्वोत्कृष्ट सम्पादक तथा 'साँघुरो'लाई सर्वोत्कृष्ट पटकथाको एवार्ड प्रदान गर्ने निधो फिक्सनले गरेको छ। छिट्टै एक समारोहको आयोजना गरी ती एवार्ड वितरण गरिने बताइन्छ।
सकियो 'अझै पनि’
आलोक नेम्वाङको निर्देशनमा निर्माण भैरहेको चलचित्र 'अझै पनि'को छायांकन सम्पन्न भएको छ। ४५ दिनमा छायांकन सकिएको उपलक्ष्यमा यसै साता चलचित्र युनिटले इन्डक्ल्याप पार्टीे आयोजित गरेको थियो। पार्टीमा केही चलचित्रकर्मी का साथै 'अझै पनि'का कलाकार तथा प्राविधिकहरूको उपस्थिति थियो। निर्देशक सुदर्शन थापा तथा फेसन डिजाइनर पूनम गौतमले लगानी गरेको उक्त चलचित्रमा पूजा शर्मा, सुरक्षा पन्त, प्रमिला खनाल, विपना धिमाल, पुष्प खड्का, विशाल ढुंगाना, विजय लामा, मिथिला शर्मा तथा रामशरण पाठकको मुख्य भूमिका छ भने चलचित्रका नायक सुदर्शन थापा नै हुन्।
हिम्मतवालीसँग बिर्खे
सुवास थापा नायिका रेखा थापाको आगामी चलचित्र 'तथास्तु'मा नायकका रूपमा देखा पर्ने भएका छन्। सविर श्रेष्ठको निर्देशनमा बन्ने उक्त चलचित्रलाई सविर आफैंले निर्माण गर्ने बताइन्छ। रेखा थापाले चलचित्र 'हिम्मतवाली'को निर्माण एवं निर्देशन गरेकी सार्वजनिक हुनुपूर्व नै यो तथास्तुको छायांकन सक्ने कुरा बताएकी छिन्। यसैगरी भदौमा सार्वजनिक हुन लागेको चलचित्र 'बिर्खेलाई चिन्छस्'का निर्माता तथा नायक सुवास थापा पनि सकेसम्म छिटो चलचित्र 'तथास्तु'को छायांकन सकेर आफ्नो चलचित्रको प्रचार-प्रसारमा लाग्ने बताउँदै छन्।
नागबेलीसँग चिहान
सञ्चारकर्मी दीपेन्द्र लामाद्वारा लिखित चलचित्र 'नागबेली' असार २७ गते सार्वजनिक हुँदैछ भने उक्त दिन अर्को चलचित्र 'चिहान' पनि आउने भएको छ। गोविन्द राईको निर्देशनमा यशराज गराच, हषिर्का श्रेष्ठ आदिले अभिनय गरेको चलचित्र 'नागबेली'सँग बद्रीकृष्ण श्रेष्ठको निर्देशनमा पुजना स्त्री र नीरज बरालको मुख्य भूमिका रहेको चलचित्र 'चिहान' जुध्न लागेको हो।