पि्रयंका कार्की पछिल्लो समयकी सबैभन्दा व्यस्त नायिका हुन्। एकपछि अर्को गर्दै नयाँ-नयाँ चलचित्रमा व्यस्त पि्रयंकाले यो अवधिमा समयाभावकै कारण केही चलचित्र छाड्नुपर्यो। पि्रयंकालाई अधिकांश दर्शकले नायिकाका रूपमा मात्र चिनेका छन्। वास्तवमा उनी कुशल कोरियोग्राफर -नृत्य निर्देश्ाक) पनि हुन्। चलचित्र 'आवरण' को शीर्षक गीतमा पाश्र्व गायनसमेत गरेकी पि्रयंकाले चलचित्र 'पुन्टे परेड' मा कोरियोग्राफी गरेकी छिन्। पि्रयंकाले यो चलचित्रको एउटा आइटम गीतमा संयम पुरी, निलु डोल्मा शेर्पा तथा रविन्द्र खड्कालाई नचाएकी छिन्। चलचित्र 'मिसन पैसा-२' का दुई गीतमा समेत कोरियोग्राफी गरेकी पि्रयंकाले केही चलचित्रमा आइटम गर्लका रूपमा नृत्यसमेत गरेकी छिन्। चलचित्र 'हँसिया' को एउटा गीतमा पि्रयंकाले गरेको आइटम नृत्य दर्शकले मन पराएका थिए।