नेपालकी पहिलो मिस नेपाल हुन्- रुबी राणा। उनले मिस नेपालको उपाधि जितेकै २० वर्ष बितिसकेको छ। यो अवधिमा राणा प्रायः घर-व्यवहारमै रमाइन्। केही समययता उनी चलचित्रमा समेत देखिन थालेकी छिन्। चलचित्रमा उनलाई चरित्र अभिनेत्रीको भूमिकामा प्रस्तुत गरिँदैछ। पछिल्लो समय भने उनी फेसबुकमा छाएकी छिन्। उनले व्यायाम गरेको भिडियोदेखि विभिन्न आधुनिक पहिरनमा सजिएका आफ्ना तस्बिर नियमित रूपमा अपलोड गरिरहेकी छिन्। रुबीले फेसन स्टोरमै पुगेर नयाँ जिन्स पाइन्ट लगाएको तस्बिर अपलोड गर्दै लेखेकी छिन् 'यो जिन्सको नाम 'माइ ब्वाइप|mेन्ड जिन्स' हो, कुल छ है'। स्कर्ट लगाएको आफ्नै अर्को तस्बिरमा राणाले लेखेकी छिन्— 'पोल्का डट स्कर्ट विद वेज हिल्स...कस्तो छ ?' अर्को एउटा गाउनको तस्बिरमा उनले 'योचाहिँ फूलप|mेम...' लेखेकी छिन्। सामाजिक सञ्जालमा रुबीको सक्रियतालाई प्रशंसकहरूले मनसमेत पराएका छन्।