हालै सम्पन्न भारतीय लोकसभाको निर्वाचनमा लज्जास्पद हार बेहोरे पनि राखी सावन्त अर्को नयाँ विषयका कारण फेरि चर्चामा छिन्। उनले परफेक्ट लुक प्राप्त गर्न फेरि एकपटक अनुहारको सर्जरी गराएकी छिन्। मराठी चलचित्र जयजयकारको प्रेस कन्फरेन्समा देखा परेकी राखीलाई सुरुमा धेरैले चिनिरहेका थिएनन्। उनको मुहारमा पर्याप्त परिवर्तन देखिन्थ्यो। कन्ट्रोभर्सी क्विन राखीले अब सर्जरी क्विनको परिचय बनाइरहेकी छिन् भन्दै कुरासमेत चल्यो। राखी पहिलो सेलिब्रेटी हुन्, जसले यसअघि पनि सौन्दर्य बढाउन प्लास्टिक सर्जरी गरेको स्वीकार गर्न हिचकिचाहट मानेकी थिइनन्। कफि विथ करणमा करण जौहरलाई दिएको अन्तर्वार्तामा उनले खुलेरै भनेकी थिइन्- 'जुन कुरा भगवान्ले दिँदैनन् त्यो डाक्टरले दिन्छन्।' त्यसो त आफ्नो सौन्दर्य बढाउन बलिउडमा शिल्पा सेठ्ठीदेखि अनुष्का शर्मासम्मले प्लास्टिक सर्जरीको सहयोग लिदै आएका छन्।