भोजपुरको जिल्लाकोट गाविसमा बहुसरोकारवाला वन कार्यक्रमको संयोजकत्वमा आत्मसन्तुष्टि ग्याङ र वैयाकरण प्रतिष्ठानको आयोजनामा चलचित्र कलाकार तथा नाट्यकर्मी कमलमणि नेपाल र विजय बरालले सीप विकास र सडक नाटक प्रशिक्षण प्रदान गरेका छन्। दश दिने प्रशिक्षणमा स्थानीय विद्यालयका छात्रा-छात्राहरूको सहभागिता बढी थियो। चलचित्र 'लोफर'का अभिनेता कमलमणि नेपाल तथा चलचित्र 'कबड्डी'का अभिनेता विजय बरालले संयुक्त रूपमा नाटक अभ्यासपश्चात् वन डँढेलो र खुला दिसामुक्त विषयक दुईवटा नाटक पनि मञ्चन गरे।