सामान्यतः सौतेला दिदीबहिनीमा माया-प्रेम कम हुन्छ। उनीहरूबीच गहिरो प्रेम र मित्रताको खासै कल्पना गरिदैन, तर २४ वर्षीया लिडिया क्रिस्पिन र २५ वर्षीया डान बाम्बरका हकमा भने यो अनुमान गलत हुन्छ। उनीहरू एकदमै मिल्ने साथी त हुँदै हुन, उनीहरूको जीवनका धेरै खुसीका पल पनि एकै दिन पर्छन्। जस्तो, उनीहरूको जन्मदिन एउटै हो। उनीहरू सँगसँगै जन्मोत्सव मनाउँछन्। लिनडियाले आफू गर्भवती भएको खबर सबैभन्दा पहिले आफ्ना पतिलाई सुनाइन्। लगत्तै जब उनले डनलाई यो खबर सुनाउन फोन गरिन् तब उनले पनि आफू गर्भवती भएको समाचार सुनाइन्। चिकित्सकले दुवै दिदीबहिनीलाई सुत्केरी हुने मिति फरक-फरक दिएका थिए, तर भगवान्ले उनीहरूलाई एउटा अर्को सौभाग्य पनि जुराइदिए। एकै दिन दिउँसो लिनडियाले बच्चा जन्माइन भने साँझ डनले। त्यतिमात्र होइन, दुवै जनाले छोरीलाई जन्म दिए। उनीहरू अहिले आफ्ना छोरीको जिन्दगीमा पनि यस्तै संयोग जुरोस् भन्ने कामना गरिरहेका छन्।