आफ्ना ३२ जना प्रतिस्पर्धीलाई पछि पार्दै प्रेरणा श्रेष्ठले 'मिस एसएलसी नेपाल-२०१४' को उपाधि जितेकी छिन्। उनले पर्सनालिटी विधाको एवार्ड पनि हात पारिन्। द फेसन प्लसले आयोजना गरेको उक्त प्रतियोगितामा रोस्मिना थापा फस्ट रनर्सअप तथा नताशा थापा सेकेन्ड रनर्सअप घोषित भए। नताशाले लिडरसिप विधाको एवार्ड पनि हात पारिन्। एसएलसीको परीक्षाफल प्रकाशित भएकै दिन सञ्चालित प्रतियोगितामा सोफिया मानन्धरले मिस ट्यालेन्ट, बन्दना श्रेष्ठले मिस पपुलर, यौवना कार्कीले भ्यूअर च्वाइस, सुल्भा जोशीले डिसिप्लिन, प्रभा खनालले अर्गनाइजर च्वाइस तथा सुनिता थापा मगरले बेस्ट हेयरको एवार्डर् जिते। यसैगरी रुसाली राणाले बेस्ट ड्रेस, मेधा राजोपाध्यायले मिस क्याटवाक, डिना महर्जनले मिस फोटोजेनिक, नेहा श्रेष्ठले बेस्ट स्माइल, डली शाहले फ्रेन्डसिप तथा रश्मि बमले बेस्ट स्किनको एवार्डमा कब्जा जमाए।