साप्ताहिक संवाददाता
असार १३, २०७१
स्याटेलाइट पी ५० ल्यापटपले विन्डोज ८ दशमलव १ अपरेटिङ सिस्टममा काम गर्छ। यसको डिस्प्ले १५ दशमलव ६ इन्चको छ भने स्क्रिन रिजोल्युसन ३८४०×ह२१६० पिक्सेलको छ। यसमा टर्बो बुस्ट टेक्निकका साथमा रहेको २ दशमलव ५ गिगाहर्ज इन्टेलकोर आई ७ प्रोसेसर छ। यो ल्यापटपमा ८ जीबी र्यामको क्षमता छ, जसलाई १६ जिबी सम्म बढाउन सकिन्छ। त्यसबाहेक यो ल्यापटपमा हरमन/कार्डोन स्पिकर, युएसबी स्लिप एन्ड चार्ज सपोर्ट तथा फ्रेमलेस ब्याकलिट किबोर्ड आदि पनि उपलब्ध छन्।