साप्ताहिक संवाददाता
१९९० को विश्वकप फुटबलदेखि मेरो झुकाव अर्जेन्टिनातर्फ बढ्यो। त्यतिबेला म्याराडोना भर्खर उदाएका थिए। अहिले पनि म अर्जेन्टिनालाई नै समर्थन गर्छु। मलाई अहिले लियोनन मेसी असाध्यै मन पर्छन्। म मेसीको कुनै पनि खेलमा चासो राख्छु र सकेसम्म अपडेट भैरहेको हुन्छु।
यसपालि अर्जेन्टिनाले जित्छ, जित्दैन ? भन्न सकिने अवस्था छैन। किनभने अहिलेसम्मको खेलले के देखाएको छ भने, नतिजा अनपेक्षित आउनेछ। कोलम्बिया, चिली, उरुग्वे, युएसएजस्ता नयाँ मुलुकले 'अचम्मै गरिदिन' सक्छन्।
खेल सुरु भएदेखि नै मैले बाजी राख्दै आएको छु र ६० प्रतिशत जितेको पनि छु। यद्यपि पैसा कमाउन बाजी राखेको होइन। खेल हेर्दा थप रोमाञ्चकता सिर्जना होस् भन्ने हेतुले अनि अनिदो रात कटाउन बाजी राखिन्छ। अहिलेसम्मको खेल घरमै परिवारसँग बसेर हेरें। अब नकआउट सुरु भएपछिका पाँचवटा खेल साथीहरूसँग बाहिरै बसेर हेर्ने योजना छ। स्न्याक्स र हल्का पेय खाँदै खेल हेर्न औधी रमाइलो हुन्छ।