साप्ताहिक संवाददाता
- पीताम्बर काफ्ले
जथाभावी गरिएको प्लटिङका कारण मोरङको खेतीयोग्य जमिन नाश भैरहेको छ। महेन्द्र राजमार्गसँग जोडिएका उर्लाबारी, पथरी, शनिश्चरे, बेलबारी, इन्द्रपुर, मृगौलिया, सुन्दरपुर तथा दुलारीहरू नगरपालिका घोषित भएपछि प्लटिङ गर्ने क्रम अझ तीव्र भएको छ। यसलाई रोक्न सम्बन्धित पक्षले कदम चाल्नैपर्ने देखिएको छ।
- एकनारायण, उर्लाबारी
धौलागिरि अञ्चलमा वारुणयन्त्रको अभाव छ। कतै आगलागी भयो भने नियन्त्रणमा लिन कठिनाइ हुन्छ। यस क्षेत्रका बासिन्दाले समस्या भोगिरहेका छन्। धौलागिरिमा कम्तीमा एउटा वारुणयन्त्रको व्यवस्था गर्नुपर्यो।
- प्रविन बञ्जारा
इराकमा हिंसात्मक गतिविधि बढिरहेका बेला त्यहाँ रहेका नेपालीहरूको रेखदेख र सुरक्षामा नेपाल सरकारले तत्काल कदम चाल्नुपर्छ।
- सुधिर अर्याल
जिल्लामा पुर्याउनुपर्ने अत्यावश्यक औषधि केन्द्रीय औषधि वितरण केन्द्रमै थन्किएको छ। कहिले जिल्ला पुर्याउने, कहिले सेवाग्राहीले पाउने ? सरकारी निकायको ध्यान यतातिर पनि जानुपर्यो।
- राजेश पाठक
जनकपुरधामको ऐतिहासिक जनकचोकमा अतिक्रमण गरी बनाइएको संरचना भत्काएर नगरपालिकाले राम्रो काम गरेको छ। यस्तो महत्वपूर्ण स्थानको जगेर्नामा हामी सबैले ध्यान दिनुपर्छ।
- कमल ठाकुर, जनकपुरधाम
सप्तरीस्थित राजविराज कारागारमा क्षमताभन्दा दोब्बर बन्दी राखिँदा खानेपानी, शौचालय आदिको समस्या बढ्दै गएको छ। सुत्न, बस्न पनि उस्तै समस्या छ।
- लोकेन्द्र थापा
बजेटजस्तो महत्त्वपूर्ण कुरा आपसी समझदारीमा ल्याउनुपर्नेमा दलहरू भागबन्डामै अल्झिरहेका छन्। मुलुकका लागि यो शोभनीय विषय होइन।
- पीताम्बर काफ्ले