साप्ताहिक संवाददाता
- नन्दिता केसी, नायिका
अब यो टिमलाई समर्थन गर्छु भनौंला, आफ्नो भनाइ छापिनु अघि नै त्यो टिम आउट होला जस्तो अवस्था आयो, नाम चलेका टिम एक दिन बिराएर घरतिर लाग्न थाले, फुटबल खेल्नुपर्ने ठाउँमा जिउमा टोक्दिन थाले, यदि टोकाइबाट बचे अर्जेन्टिनाले जित्नुपर्ने हो।
- दीपकराज गिरी, हास्यकलाकार
मलाई त फुटबल र ब्राजिल एकअर्काका पर्याय हुन जस्तो लाग्छ, यी एक अर्काबिना अपूरा छन्। त्यसैले पहिले-पहिलेझैं यसपटक पनि ब्राजिललाई नै समर्थन छ।
- किरण लाकौल, मोडल
म ब्राजिलको समर्थक थिएँ र अहिले पनि छु। कारणचाहिँ ब्राजिलको सुन्दर खेल कला र ब्राजिलका सुन्दरीहरू नै हुन्।
- रावत, कवि
मेरो समर्थन ब्राजिललाई छ, किनभने ब्राजिल विश्वकपको इतिहासमा एउटा बेग्लै पहिचान हासिल गर्ने राष्ट्र हो। आज हामी ब्राजिललाई चिन्छौं भनें केबल फुटबलका कारण चिन्छौं। यसपटकको विश्वकपको आयोजक समेत भएकाले पनि मेरो समर्थन र सद्भाव ब्राजिलप्रति छ।
- उजन नेम्बाङ, गायक
म अर्जेन्टिनाको पक्षमा छु, किनभने १९८६ को विश्वकप जितेपछि म्याराडोनाले मैदानमै भनेका थिए, इंग्ल्यान्डसँग हामीले फकल्यान्डको लडाइँ गोर्खालीका कारणले हार्यौं, धन्न यसपालि फुटबल मैदानमा इंग्ल्यान्डले गोर्खालीहरूलाई फुटबल खेल्न पठाएनन्, त्यसैले म अर्जेन्टिनालाई समर्थन गर्छु।
- सुरज सुब्बा नाल्बो, निर्देशक
मलाई जर्मनी मनपर्छ, जर्मनहरूको आक्रामक शैली राम्रो छ विशेषगरी थोमस मुलर को। जर्मनी यसपटक धेरै बलियो देखिएको छ। अर्को कुरा जर्मनीको विश्वप्रसिद्ध ब्रान्डहरूको फ्यान भएका कारण पनि जर्मनी मेरो रोजाइ हो।
- विदुर पाण्डे, क्यामेराम्यान
उतिबेलाको विश्वकपमा अर्जेन्टिनाका म्यारोडोनाको चमत्कारिक खेलको प्रभावका कारण म अर्जेन्टिनाको समर्थन त्यतिबेलादेखि नै गर्दै आएको छु। यसपटक पनि मेस्सीको प्रदर्शन र सम्पूर्ण टिमको खेलका कारण मेरो समर्थन अर्जेन्टिनालाई नै छ।
- कन्हैयासिंह परियार, गायक
अर्जेन्टिना, अर्जेन्टिनामा म्याराडोना सोल्टी र मेस्सी सोल्टीजस्ता महान खेलाडी छन्। म्याराडोना सोल्टीले वीर गोर्खालीहरूको फुटबल मैदानमै प्रशंसा गरेका थिएँ।
- कुमार कट्टेल, हास्यकलाकार