धान रोप्ने मौसम सुरु हुँदा रोल्पाली गायिका ज्योति मगर जन्मथलो रोल्पालाई खुबै मिस गर्छिन्। बैंस चढ्ने उमेरसम्म वर्षायाममा धान रोपेर हुर्किएकी ज्योति अहिले पनि रोपाइँको सिजनमा भरसक रोल्पा पुग्छिन्। रोपाइँको यो मौसमलाई मिस गरेरै हुनसक्छ, अहिले उनले रोपाइँ लागेको भावभंगिमामा फोटोसेसन गराएकी छिन्। पानीमा भिजेको आकर्षक शरीर प्रदर्शन गर्दै धान रोपेको उनको तस्बिर सार्वजनिक पनि भएको छ। फेसबुकमा आफैंले पोस्ट गरेका ती तस्बिरले ज्योतिको जवानी झल्काइरहेका छन्। केही समयपछि जवानी शीर्षककै गीतिसंग्रह सार्वजनिक गर्ने योजनामा रहेकी ज्योतिको 'पिरतीमा दम छ' गीतको म्युजिक भिडियो हालै मात्र युट्युबमार्फत दर्शकमाझ पुगेको छ।