असार २०, २०७१
गायक र नायक दुवै क्षेत्रमा फिट छन्, बाबु बोगटी, तर सांगीतिक क्षेत्रमा प्राप्त गरेबराबरको उचाइ भने उनले अभिनयको क्षेत्रमा पाएका छैनन्। सुरुमा गायक बन्दा उनी म्युजिक भिडियोमा मोडलिङ पनि गरिरहेका हुन्थे, अहिले चलचित्र नायकका रूपमा अभिनय गरिरहेका छन्। पछिल्लो अवधिमा प्रदर्शनमा आएका चलचित्रहरू बितेका पल र प्रोड्युसरले औसत व्यापार गरे पनि बाबुलाई भने केही प्लस नै भयो। बाबु अहिले निर्माणाधीन चलचित्र भालेफाइटबाट आशावादी छन्, साथै समानान्तर रूपले गायन क्षेत्रमा पनि आफ्नो यात्रा बढाइरहेकै छन्। अहिले उनी म्युजिक भिडियो तयार भैसकेको ठेट शब्दको आफ्नो चुट्के गीतलाई दर्शक-श्रोताले धेरै मन पराउने विश्वासमा छन्। गत वर्ष पश्चाताप शीर्षकको गीतिसंग्रह सार्वजनिक गरेका बाबु यो वर्ष पश्चाताप-२ सार्वजनिक गर्ने तरखरमा छन्।
प्रतिक्रिया