बुटवल रामपुरका २५ वर्षीय सूदन पन्थ हाल अनामनगर काठमाडौंमा बस्छन्। बिजुली बजारस्थित किंग्स कलेजमा एमबीए अध्ययनरत सूदनको उचाइ ६ फिट छ। सन् २०११ देखि मोडलिङमा आएका सूदनले सन् २०११ मा मोडल अफ दि इयरको उपाधि प्राप्त गरेका थिए। सोही वर्ष उनले म्यान हन्ट इन्टरनेसनल नेपालमा बेस्ट ट्यालेन्टको उपाधि पनि प्राप्त गरे। उनले केही म्युजिक भिडियोमा पनि अभिनय गरेका छन्। सुदन र्याम्प मोडलिङ एजेन्सीका अफिसियल मोडल पनि हुन्। भविष्यमा व्यावसायिक मोडल बन्न चाहने सूदनको रुचि अभिनयमा पनि छ। भर्खरै नृत्य सिकेका सूदन द्वन्द्वकला सिक्ने तयारीमा छन्। सूदन हाल ल्यान्डमार्क होटलमा कर्पोरेट मार्केटिङको काम गर्छन्।