साप्ताहिक संवाददाता
कलाकार : सुष्मा अधिकारी, कञ्चन शाही, सन्तोष वली, निरञ्जन थापा तथा सपना ताम्राकार।
संगीतकार : सुरेश अधिकारी र प्रवीण डंगोल
नयाँ नेपाली चलचित्र 'अनौठो प्रेमकथा' को देशव्यापी प्रदर्शन आज शुक्रबार प्रारम्भ हुँदैछ। लामो समयदेखि विज्ञापन निर्माणमा सक्रिय कञ्चन शाही यही चलचित्रमार्फत निर्देशनमा डेब्यु गर्दैछन्। चलचित्रमा उनी आफैं प्रमुख भूमिकामा समेत छन्। नायिका सुष्मा अधिकारी तथा म्यानहन्टका विजेता निरन्जन थापा पनि यही चलचित्रमार्फत नायिका तथा नायकका रूपमा डेब्यु गर्दैछन्। शर्मिला शाही तथा पुरुषराज शाहीद्वारा निर्मित यो चलचित्रमा प्रेमकथालाई पृथक् शैलीमा चित्रण गरिएको छ। चलचित्रमा वर्तमान पुस्ताका युवाहरूले गर्ने प्रेम तथा त्यसले उनीहरूको जीवनमा पार्ने प्रभावलाई मुख्य विषय बनाइएको छ। काठमाडौं उपत्यकाका विभिन्न स्थानमा छायांकन गरिएको यो चलचित्रका छायांकार दीपेन्द्र थपलिया हुन्।