गायिकाहरू अञ्जु पन्त, सुनिता दुलाल तथा मुना थापा मगरको फेसबुक फ्यान पेजलाई फेसबुकले आधिकारिक (भेरिफाइड) गरेको छ । गत सोमबारसम्ममा गायिका अञ्जु पन्तको फ्यान पेजलाई करिब ३ लाख जनाले लाइक गरेका छन् भने सुनिता दुलालको फ्यान पेजलाई लाइक गर्नेहरूको संख्या ४ लाख ७२ हजार ८ सय ४ पुगेको छ । मुना थापा मगरको फेसबुक फ्यान पेजलाई ४ लाख ५७ हजार ७ सय ४७ जनाले लाइक गरेका छन् । यसैगरी र्यापर गिरीश खतिवडाको फ्यान पेजलाई पनि फेसबुकले भेरीफाइड गरेको छ ।