कुन देशका युवती र युवक कामुक लाग्छन् भनेर प्रश्न सोध्ने हो भने सबैबाट आ-आफ्नै किसिमका जवाफ आउन सक्छन्। यद्यपि एक वेबसाइटले विश्वव्यापी रूपमा गरेको सर्वेक्षणमा युवकहरूले ब्राजिलियन युवती एवं युवतीहरूले अस्ट्रेलियन युवक कामुक लाग्ने बताएका छन्। यात्राका क्रममा निस्कँदा डेटिङ जान सघाउने मिस ट्राभल डटकमले सञ्चालन गरेको सर्वेक्षणबाट उक्त तथ्य बाहिर आएको हो। सर्वेक्षणअनुसार युवकहरूले कामुक लाग्ने युवतीहरूको सूचीमा ब्राजिलपछि रूस, कोलम्बिया, बि्रटेन, फिलिपिन्स, स्पेन, अस्ट्रेलिया, बुल्गेरिया, दक्षिण अफ्रिका तथा क्यानाडालाई क्रमश: पहिलोदेखी दसौं स्थानमा राखेका छन्। यसैगरी कामुक युवकहरूको सूचीमा अस्ट्रेलियापछि इटाली, इंग्ल्यान्ड, स्कटल्यान्ड, स्पेन, अमेरिका, आयरल्यान्ड, ब्राजिल, क्यानाडा तथा नेदरल्यान्ड छन्।