आइतबार साँझ विराटनगरको ट्राफिक चोकमा सांगीतिक वातावरण छायो। सडकमै आयोजित सांगीतिक कार्यक्रममा गायिका मिलन अमात्य तथा हास्यकालाकार रवि डंगोलले मनोरञ्जन प्रदान गरे। गायिका अमात्यले आफ्ना चर्चित गीत गाएर युवायुवतीहरूलाई नचाइन्। गायनसँगै आमात्यले बीचबीचमा मादक भावमा कम्मर मर्काउँदा युवा दर्शकहरू स्टेजछेउमै पुगेर नाच्थे। कार्यक्रममा हास्यकलाकार रवि डंगोलले व्यङ्ग्य प्रस्तुत गरेर सहभागीहरूलाई पर्याप्त हँसाएका थिए।