रूपन्देही रुद्रपुरकी तेरिया फौजा मगरलाई डीआईडी लिटिल मास्टर्स-३ को विजेता बनाउन पत्रकारिताको क्षेत्रबाट उल्लेख्य योगदान गरेको भन्दै साप्ताहिककर्मी टोपराज शर्मा सम्मानित भएका छन्। तेरिया जिताउ अभियान रुद्रपुरले साप्ताहिकका बुटवल संवादददाता शर्मालाई प्रशंसापत्र प्रदान गरी सम्मान गरेको हो। सो अवसरमा अभियानका संयोजक एवं कलाकार गिरीप्रसाद पुनले साप्ताहिकले तेरियाको समाचारलाई विशेष महत्त्वका साथ प्रकाशित गरिदिएर उनको जितका लागि भुमिका खेलेको भन्दै सराहना गरे। साप्ताहिककर्मी शर्मासँगै बीबीसीका बुटवल संवाददाता माधव नेपाल, नेपाल टेलिभिजनका हरिश ढकाल, स्थानीय सञ्चारकर्मी सीपी खनाल, विकास पराजुली तथा कृष्ण खनाल पनि सम्मानित भएका थिए। डीआईडी लिटिल मास्टर्स-३ उपाधि जितेपछि १२ वषर्ीया तेरिया अहिले आफ्नो घर रुद्रपुरमा छिन्।