साप्ताहिक संवाददाता
- बेनिशा हमाल, नायिका
स्पेन, अस्टे्रलिया, इरान होस् वा इटाली, घर फर्किए सबै पोका पुन्तुरा बटुली, ब्राजिलको खेल नेयमारको गोल, रोनाल्डोको केही लागेन हरि-हरि बोल, जसलाई रोज्यो त्यही हार्छ लौन अब के गर्नी ? मेरो अन्तिम रोजाइ हो, मुलरको जर्मनी।
- कुमार श्रेष्ठ, हास्यकलाकार
स्कुल पढ्दा फुटबल खेलिन्थ्यो, त्यो समयमा सबैले मलाई बाटिस्टुटा भन्थे, लामो कपाल र जीउडाल मिलेकाले गर्दा होला सबैले बाटिस्टुटा भनेको। म्याराडोना, बाटिस्टुटा, टेभेज, मेस्सी, ओगुरो जस्ता खेलाडीबाट प्रभावित छु, त्यसैले मलाई अर्जेन्टिना नै मनपर्छ।
- जतिन ताम्राकार, मोडल
मैले अर्जेन्टिनालाई समर्थन गरेकी छु, किनभने मेस्सी सर्वकालीन महान खेलाडी हुन्। म उनको जर्बजस्त फ्यान हुँ।
- सुप्रिया कटुवाल, मोडल
धेरै पटक फाइनलमा पुगेर पनि विश्वकप जित्न नसकेको अनि राम्रो खेल्दा-खेल्दै समर्थक कम भएकाले अति नै माया लागेर नेदरल्यान्डलाई समर्थन गरेको छु। मलाई मन पर्ने टिमचाहिँ ब्राजिल, अर्जेन्टिना र स्पेन हुन्।
- अर्जुन पोखरेल, संगीतकार