गायिका देविका बन्दना काठमाडौंमा पहिलो पटक एकल गायन प्रस्तुत गर्दैछिन्। दुई दशकभन्दा बढी समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय गायिका बन्दनाले आगामी साउन १६ गते होटल र्याडिसनमा आफ्ना लोकप्रिय गीत प्रस्तुत गर्न लागेकी हुन्। 'मेलोडी नाइट विद देविका बन्दना' शीर्षकको उक्त कार्यक्रममा देविकाले प्रत्यक्ष वाद्यवादनसहित गीत सुनाउनेछिन्। मन्त्र दिव्यले आयोजना गर्ने उक्त एकल गायन कार्यक्रममा राष्ट्रिय गीत, शुभकामना गीत, भजन, सुगम संगीतका साथै केही चलचित्रका गीतसहित डेढ दर्जन गीत प्रस्तुत हुनेछ। एक वर्षअघि बुटबलमा एकल गायन प्रस्तुत गरेकी बन्दनाले त्यसपछि अमेरिका तथा बेलायतमा पनि एकल गायन प्रस्तुत गरिसकेकी छिन्।