चीनका प्राविधिकहरूले निर्माण गरेको अटोमेटिक स्पर्म एक्सट्राक्टरलाई स्थानीय एक अस्पतालले प्रयोगमा ल्याएको छ। शुक्रकीट दाताहरूलाई सजिलो बनाउन चिनियाँ प्रविधिज्ञहरूले उक्त स्वचालित उपकरण निर्माण गरेका हुन्। विभिन्न एक्स्पोहरूमा प्रदर्शन भैसकेको उक्त मेसिनप्रति धेरैको आकर्षण भए पनि प्रयोगमा भने आउन सकेको थिएन। हालै नानझिङस्थित एक अस्पतालले पहिलो पटक त्यसलाई प्रयोगमा ल्याएको हो। शुक्रकीट दाताले यो मेसिनमा आफ्नो लिंग राखेपछि त्यसबाट आउने आनन्दको झड्काले शुक्रकीट निकाल्न मद्दत गर्छ। अहिलेसम्म परम्परागत रूपमा शुक्रकीट संकलन हँुदै आएकोमा यो उपकरणले व्यवस्थित रूपमा शुक्रकीट संकलन गर्ने बताइन्छ।