एन्ना र लुसी ड्यासिक्वी जुम्ल्याहा दिदी-बहिनी कहिल्यै छुट्टनि चाहँदैन। सकभर आफूहरू अलग हुनु नपरोस् भनेर उनीहरू दुबैले एउटै ब्यक्तिलाई प्रेमीका रुपमा छानेका छन्। यी जुम्ल्याहा दिदीबहिनीको शारीरिक बनावट र रुचिमा पर्याप्त समानता छ। उनीहरूले आफ्नो शरीरलाई दुरुस्तै बनाउन २ करोड २५ लाख ६० हजार खर्च गरेर प्लास्टिक सर्जरी समेत गराएका छन्। उनीहरूले केही समयअघि फेसबुकवाट साथी बनाएका एक इलेक्टि्रकल मेकानिक तथा व्यायाम प्रशिक्षकलाई संयुक्त रूपमा आफ्नो प्रेमी स्वीकार गरेका छन्। पर्थमा बसोबास गर्ने बेन ब्रायनलाई पहिले दुबै जुम्ल्याहा दिदीबहिनीलाई सम्हाल्न गाह्रो भए पनि अहिले सजिलो हुँदै गएको छ। विगत १८ महिनादेखि दुवैसँग डेटिङ गरिरहेका ब्रायनले वुमेन्स डे म्यागजिनलाई अन्तवार्ता दिँदै भने- एउटीलाई जे कुराले खुसी बनाउन सकिन्छ अर्की पनि त्यही कुराले खुसी हुने भएकाले पनि मलाई सजिलो भएको छ। उता लुसी पनि अधिकांश पत्रकारले आफूहरूलाई एक जना पुरुषले कसरी सन्तुष्ट पार्न सक्छ भनेर प्रश्न सोध्ने र आफूहरूले ब्रायन शक्तिशाली भएको र दुवैलाई सन्तुष्ट पार्न सक्ने क्षमता उसमा रहेको बताउने गरेको बताउँछिन्।