कक्षा ११ र १२ को परीक्षा दिएर बसेका सुन्दरीहरूका लागि मिस प्लस टु शीर्षकको सौन्दर्य प्रतियोगिता प्रारम्भ भएको छ। बन्दना कला केन्द्रले आयोजना गर्ने उक्त प्रतियोगितामा व्यक्तित्व विकाससँगै उच्च शिक्षामा विशेष जोड दिइने छ। कार्यक्रममा सहभागी हुन साउनको दोस्रो सातासम्म आवदेन दिन सकिनेछ। आवेदनका लागि प्लस टुको परीक्षाको प्रवेशपत्रको फोटोकपीसँगै कम्तीमा ५ फिट अग्ली हुनुपर्ने बताइएको छ। प्रतियोगिताको फाइनल भदौको तेस्रो हप्ता हुनेछ। यो प्रतियोगिताकी मुख्य विजेतालाई मिस प्लस टुको उपाधिसँगै अस्ट्रेलियामा उच्च शिक्षा अध्ययनको व्यवस्था मिलाइएको आयोजकहरूले बताएका छन्।