फागुनमा र्फम खुला गरेर प्रारम्भ गरिएको 'मिस नर्स चितवन-२०१४' को फाइनल साउन ३ गते हुने भएको छ। प्रतियोगितामा १५ जना नर्सले प्रतिस्पर्धा गर्दैछन्। १ सय ७ जनाले र्फम भरे पनि ४० जना प्रिअडिसन राउन्डमा सहभागी भएको मिस नर्स चितवनमा विभिन्न १२ विधामा पुरस्कार प्रदान गरिनेछ। प्रथम हुनेले एउटा स्कुटर र गिफ्ट ह्याम्पर प्राप्त गर्ने यो प्रतियोगिताका विजयीहरूलाई म्युजिक भिडियो तथा चलचित्रमा अभिनय गर्ने अवसरसमेत प्रदान गरिने बताइएको छ।