साप्ताहिक संवाददाता
- उमेश सिग्देल, हेटौंडा
गोजीको दाम।
- कुलरिम्स
प्रेमीको गोजी ।
- अमृत दाहाल
पैसा।
- तिम्र्रो याद।
असीमित पैसा, केयरिङ र सेक्स।
- हरि चालिसे
केयर अनि माया नै हो।
- कामना श्रेष्ठ
सबैभन्दा पहिले त इज्जतको कुरामा सतर्क हुन्छन्, युवतीहरू। त्यसपछि खुसी एवं सुखलाई प्राथमिकता दिन्छन्। प्रेमी हुने-खाने परिवारको सदस्य होस्, खान-लाउन पुगोस्, आफूभन्दा तीन-चार वर्ष जेठो होस्।
- प्रभात न्यौपाने
थ्री एमलाई प्राथमिकता दिन्छन्। मनी, मोबाइल र मोटरबाइक।
- शिशिर ढकाल
धन नै पहिलो प्राथमिकतामा हुन्छ। दोस्रोमा रूप पनि पर्छ।
- आदित्य/सन्दर्भ
प्रेमको बदलामा उनीहरू प्रेम नै खोज्छन्।
- आशिष गुरु
विश्वास र माया ।
- मनीषा
केयर, माया र विश्वास।
- नवजीवन, कदमाहा
रोजी-रोजी प्रेमी परिवर्तन गर्ने।
- अल्पविराम
म धेरै माया अनि केयर गरोस् भन्ने कुरालाई प्राथमिकता दिन्छु।
- साया केसी
शतप्रतिशत पैसा। यो मेरो ११ वर्षको अनुभव हो।
- देवान
पैसा र सेक्स।
- सन्तोष काफ्ले
मोटरसाइकलमा चढेर घुम्न जाने, सपिङ गर्ने, मोबाइलमा ब्यालेन्स हाल्न लगाउने। के-के हो, के-के? यस्ता कुरा लेखेरै साध्य छैन नि।
- विनोद पोखरेल
९० प्रतिशतले धन रोज्छन्, १० प्रतिशतले मन।
- सञ्जय लिम्बू
प्रेमलाई दुई मुटुको संगम भन्छन् तर अहिले त्यो छैन। जोसँग धन-सम्पत्ति छ, खानदानी परिवार छ, त्यसैलाई हेरिन्छ। गरिबका लागि त प्रेम वाहियातजस्तै भएको छ।
- गौरब दाहाल
सम्झौताजस्तो लाग्छ। त्यसपछि धेरै माया र काममा सफलता।
- सिम्रन
दु:खमा साथ दिने, प्रेरणा दिने।
- पूजा आचार्य
सेक्स र पैसा।
- शम्भु खाती, विदुर घिमिरे
चोखो माया गर्नेहरू मनबाटै प्रेम चाहन्छन्, तर झूटो माया गर्नेहरू पैसा र आनन्द खोज्छन्।
- कृष्ण केसी
यो माया-पिरती अनि केटीका कुरा छाड्नुस्। अरू कुनै विषयमा प्रश्न सोध्नुहोस्। यो विषयमा बोल्नै दिक्क लाग्छ।
- मन्दिल श्रेष्ठ
पैसा। केटीहरू मान्छेसँग होइन पैसासँग प्रेम गर्दा रहेछन्।
- केपी आचार्य, अमृत लामा
पर्याप्त समय, प्रेम अनि केयर।
- रोशन पाठक
केटीहरूको चरित्र बुझ्न गार्हो हुन्छ।
- संयोग लामा
सुख, सयल र पैसा त हो नि।
- विष्णु ढुंगाना
यो कुरा त युवतीमा भर पर्छ।
- निकेश तिमिल्सिना
लभ गरेको भए पो थाहा हुनु ?
- मिङबर लामा
भरोसा।
- किरन थापा
युवतीहरूका लागि विश्वास ठूलो कुरा हो। यदि युवकले गलत कुरा बोल्छन् भने उनीहरूले माया घटाउँदै जान्छन्। सबैसँग मीठो बोल्ने, नम्र स्वभाव, आत्मीयता, मनको कुरा बुझ्ने खालको चाहन्छन्। स्वभाव अति गम्भीर पनि नहोस् र अति गलत पनि नहोस्।
- प्रभात न्यौपाने
माया अनि विश्वास।
- सिबी कार्की
पैसा र बाइक।
- सुख्खा आँखा
मनी, मोबाइल र मोटरबाइक।
- भीम इवाहाङ
खै, के हुन्छ, हुन्छ ? थाहा पाए पछि भन्छु नि।
- अज्ञात विवेक
केटाहरू सेक्सका लागि प्रेम गर्छन्, केटीहरू प्रेमका लागि।
- विष्णु लौडारी
पैसा नै हो पहिलो प्राथमिकता। अरू त केटीहरूसँगै सोध्नुहोस्।
- ईश्वर किरण
सबै त नभनौं, तर धेरैजसो पैसा खलास गर्ने खालका हुन्छन्।
- योगेश श्रेष्ठ
धेरै कुरा प्राथमिकतामा हुन्छन्।
- अनिल बानियाँ क्षेत्री
खुसी चाहन्छन्।
- झरेको फूल
मुटु भएको मानिस खोज्छन्।
- सन्देश ढुंगाना
प्रेमीबाट कहिल्यै घात नहोस्। साँचो मायाको आशा गर्छन्।
- एलेक्स
पैसा, पैसा, पैसा अनि पैसा।
- निराजन अधिकारी
पैसा र बाइक छैन भने न प्रेम हुन्छ, न जीवन चल्छ। सपिङ र डेटिङ त टाढाकै कुरा भए।
- पवन