साप्ताहिक संवाददाता
असार २७, २०७१
असार २९ गते राति दरबारमार्गस्थित होटल अन्नपूर्णमा हुने उक्त फेसन शो 'ग्ल्याम एन्ड स्पोर्टस-२०१४' मा देशका चर्चित खेलाडीहरू मोडलहरूसँग र्याम्पमा प्रस्तुत हुने आयोजक धीरज तन्डुकारले बताए। तन्डुकारले भने- 'खेलकुद र मनोरञ्जनको स्वाद एक साथ लिनसक्ने वातावरण मिलाउन उक्त कार्यक्रम आयोजित गरिएको हो।' कार्यक्रमको अन्त्यमा विशाल स्त्रिmनमा विश्वकप फुटबलको फाइनल हेर्ने व्यवस्था पनि छ । मध्यरातपछि हुने फाइनल खेलको प्रतीक्षा गर्दै फेसन शो, किड्स फेसन शो, गीत-संगीत, डिजे सेसन, विभिन्न परिकारका साथमा देशी-विदेशी मदिराको मज्जा लिन पाइने व्यवस्था आयोजक बेटर ग्यालेक्सीले गरेको छ । उक्त फेसन सोको कोरियोग्राफी सञ्चित श्रेष्ठ तथा पहिरनको डिजाइन कायरा बुटिकले गर्नेछन् । कार्यक्रमको मिडिया सहयोगी साप्ताहिक हो ।