साप्ताहिक संवाददाता
सम्पादनमा जिन्दगी रक्स
म्युजिक भिडियोका कुशल निदेशक निकेश खड्काको डेब्यू निर्देशनको चलचित्र 'जिन्दगी रक्स' यतिबेला सम्पादन कक्षमा छ। यात्रामा आधारित यो चलचित्रमा युवापुस्ताको रोमान्टिक स्वभावलाई चित्रण गरिएको छ। 'कल कान्तिपुर' की भिडियो जक्की अकेशा विष्टले नायिकाको रुपमा डेब्यू गरेको यो चलचित्रमा केकी अधिकारी, निश्चल बस्नेत, सोनाम पाखि्रन, सौरमराज तुलाधर आदि कलाकारले पनि अभिनय गरेका छन्।
आगो-२
सिक्वेल चलचित्र 'आगो-२' ले काठमाडौंमा पत्रकार सम्मेलन आयोजित गर्दै प्रदर्शन मिति सार्वजनिक गरेको छ। मदन घिमिरेद्वारा निर्देशित यो चलचित्र असोज ३१ गतेदेखि प्रदर्शनमा आउनेछ। समारोहमा चलचित्रका गीत तथा प्रोमो सार्वजनिक गरिएको थियो।
रिलदेखि डिजिटलसम्म
सञ्चारकर्मी क्रन्दन चापागाईंद्वारा लिखित पुस्तक 'रिलदेखि डिजिटलसम्म' काठमाडौंमा लोकार्पण भएको छ। पुस्तकमा विश्व चलचित्रको रिलदेखि डिजिटल प्रविधिसम्मको करिब १ सय वर्षको यात्रा तथा उक्त यात्रामा ६ दशकभन्दा बढी समयदेखि गाँसिएको नेपाली चलचित्रको इतिवृत्तलाई समावेश गरिएको छ।
होलीमा अझै पनि
हालै छायांकन सम्पन्न चलचित्र 'अझै पनि' होलीको अवसर पारेर फागुन २५ गते प्रदर्शनमा आउने भएको छ। आलोक नेम्वाङ निर्देशित यो चलचित्रमा निर्देशक सुदर्शन थापा नायकका रूपमा प्रस्तुत भएका छन्। चलचित्रमा पूजा शर्मा, सुरक्षा पन्त, प्रमिला खनाल, पुष्प खड्का, विशाल ढुंगाना, बिपना धिमाल, विजय लामा, मिथिला शर्मा, रामशरण पाठक आदि कलाकारले अभिनय गरेका छन्।
ताण्डवको कुरा
मोहन डोटेलको नयाँ चलचित्र
'ताण्डव' को पहिलो टे्रलर सार्वजनिक गरिएको छ। बेलायती निर्देशक मुर्रे केरद्वारा निर्देशित यो चलचित्र भदौ ६ गतेदेखि प्रदर्शनमा आउँदैछ। काठमाडौंमा औपचारिक समारोह आयोजित गर्दै चलचित्रको युनिटले नेपालसहित हङकङ, जापान तथा बेलायतमा एकसाथ चलचित्र प्रदर्शन हुने जानकारी दिएको हो। यो चलचित्रमा अनुप बराल, नम्रता श्रेष्ठ, आशिष राना 'लाउरे', एलिन गुरुङ, बिपिन कार्की, प्रमोद अग्रहरि आदि कलाकारले अभिनय गरेका छन्।
भुलभुलैया
निर्देशक योगेश घिमिरेले निर्देशन गर्ने चलचित्रको शीर्षक 'भुलभुलैया' राखिएको छ। प्रेमकथामा आधारित यो चलचित्रमा जीवन लुइँटेल, नीता ढुंगाना तथा सोहित मानन्धर मुख्य भूमिकामा रहने बताइएको छ। यो चलचित्रको गीतिसंग्रहमा प्रह्लाद तिमल्सिना, दुर्गा परियार तथा निर्जला पराजुलीको पाश्र्व गायन तथा वसन्त सापकोटाको संगीत सुन्न सकिन्छ।
शीतको थोपा
पश्चिम नेपालमा विद्यमान छाउपडी प्रथामा आधारित चलचित्र 'शीतको थोपा' प्रदर्शनका लागि तयार छ। सेती फिल्म्सको ब्यानरमा निर्माण भएको यो चलचित्रको छायांकन सुदूर पश्चिमाञ्चलका विभिन्न जिल्लालगायत खप्तड राष्ट्रिय निकुञ्ज, पुरानो जयपृथ्वी दरबार आदि स्थानमा गरिएको छ। नीरज कुमारको कथा तथा निर्देशनमा तयार भएको चलचित्र शीतको थोपामा अपेक्षा बस्याल, पि्रतम गोले, सुरज महर, राजवीर पटेल, लक्ष्मी भट्ट, प्रेरणा श्रेष्ठ, विधान केसी आदि कलाकारले अभिनय गरेका छन्।