सानैदेखि मोडलिङमा रुचि भएका मोरङ, पथरीका रोशन लिम्बू आफ्नो भविष्यको खोजीमा छन्। मोडलिङ र कलाकारितामा सक्रिय लिम्बू व्यावसायिक मोडल बन्ने लक्ष्यमा छन्। २०७० सालको मिस्टर उर्लाबारीमा बेस्ट फोटोजेनिक उपाधी प्राप्त गरेपछि हालै उनले मात्र गायक चौतारे कान्छाको माई मेला गीतको म्युजिक भिडियोमा काम गरेका छन्। उनी अन्य म्युजिक भिडियो तथा अभिनयमा पनि आफू आइरहेको बताउँछन्। राम्रो जीउडाल भएका लिम्बू ५ फिट ७ इन्च अग्ला छन्। उनी विगत पाँच-छ वर्षदेखि नृत्य प्रशिक्षण पनि लिइरहेका छन्। रोशनले २०६८ सालमा टिभी फिल्मीले प्रसारण गरेको रियालिटी शो 'को बन्छ कलाकार ?' मा पनि आफ्नो प्रतिभा प्रस्तुत गरिसकेका छन्। भविष्यमा चर्चित मोडल बनेर छाउने लक्ष्यमा केन्दि्रत लिम्बू भन्छन्- 'मोडलिङसँगै कलाकारितामा भविष्य देखेको छु।'