गायिका काव्य आचार्यले गुरु-पूणिर्माको अवसर पारेर काठमाडौंमा तबला सेन्टर स्थापना गरेकी छिन्। श्रीसंगीत पाठशालामा चौथो वर्षमा अध्ययनरत आचार्यसहित नारायण आचार्य तथा युनिक केसीको संयुक्त पहलमा उक्त तबला सेन्टर स्थापना गरिएको हो। डिल्लीबजारस्थित उक्त सेन्टरमा अनन्त शिवकोटी र ठाकुर प्रसाद छत्कुलीले तबलावादनको प्रशिक्षण प्रदान गर्नेछन्। उद्घाटन समारोहमा गायक शिव परियार, गायिका रेखा शाह, सहिमा श्रेष्ठ आदिले सेन्टरको सफलताको कामना गरेका थिए।