गायक प्रमोद खरेलले आफ्नो नयाँ गीतको म्युजिक भिडियोमा आफैंले अभिनय गरेका छन्। गायक खरेलले नायिका केकी अधिकारीलाई जोडी बनाउँदै म्युजिक भिडियोमा अभिनय गरेका हुन्। भिडियोमा गायक खरेलले वास्तविक गायककै भूमिका निर्वाह गरेका छन् भने केकीले उनको प्रसंसकको भूमिका निर्वाह गरेकी छिन्। अर्जुन अधिकारीको संगीतको 'धेरैलाई बाँड्दा नपुग्ला माया...' गीतको म्युजिक भिडियोमा प्रमोद र केकीलाई सञ्चारकर्मी विदुर खतिवडाले आफ्नो निर्देशनमा अभिनय गराएका हुन्। प्रमोदले करिब सात वर्षअघि नायिका उषा पौडेलसँग आफ्नै गीतको भिडियोमा अभिनय गरेका थिए।