आइतबार मध्यराति विश्वकप फुटबलको फाइनल अघि काठमाडौंका दुई दर्जन युवती ललितपुरमा फुटबल खेलिरहेका थिए। साउन ११ गते सम्पन्न हुने प्रिन्सेस नेपाल-२०१४ का २४ जना युवती सानेपास्थित फुटसल सेन्टरमा विभिन्न देशको जर्सी लगाएर फुटबल खेलिरहेका थिए। फुटबलका लागि युवतीहरूको पाँचवटा समूह बनाइएको थियो। एउटा समूहमा पाँच जना युवतीलाई समावेश गरिएको उक्त फुटबल खेल प्रतिस्पर्धीहरूको आत्मविश्वास बढाउन आयोजित गरिएको आयोजक नेप्लिज फेसन होमले जनाएको छ। प्रिन्सेस नेपालका प्रतिस्पर्धीहरू भोलि शनिबार ट्यालेन्ट शोमा सहभागी हुँदैछन्।