चर्चित रक समूह १९७४ एडीका साथ चर्चित गायिका इन्दिरा जोशीले भोलि शनिबार टुँडिखेलमा हुने कन्सर्टमा आफ्ना गीत सुनाउँदै छिन्। 'यो मन त मेरो नेपाली हो', 'हिँड्दा-हिँड्दै', 'गुराँस फुल्यो', 'पिंजडाको सुगा' जस्ता आधा दर्जनभन्दा बढी गीत प्रत्यक्ष सुनाउन ब्यान्डका सदस्यहरू मनोज सिंह, एडि्रयन प्रधान, मनोजकुमार केसी, सञ्जय श्रेष्ठ तथा निराकार याकथुम्बा तयार भैसकेका छन् भने गायिका इन्दिरा जोशीले भोलि नै पर्ने आफ्नो जन्मदिनमा 'रातो घाँघरा', 'उध्रेको चोली' आदि गीत सुनाउँदै दर्शकहरूसँग झुम्ने बताएकी छिन्। एचआईभी एड्स तथा लागूऔषध प्रयोगविरुद्ध सञ्चालन हुने उक्त कन्सर्टमा दर्शकहरूका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजक मेरो नेपाल फाउन्डेसनले जनाएको छ। मिस नेपाल अर्थ शुभेच्छा खड्काले सञ्चालन गर्ने उक्त कन्सर्टमा गायक विनोद खुम्बु तथा युवतीहरूको गोर्खालिज गर्ल ब्यान्डले समेत दर्शक नचाउने छन्। राष्ट्रपति डा. रामवरण यादवले उद्घाटन गर्ने भनिएको कन्सर्टमा देश-विदेशका ख्यातिप्राप्त चिकित्सकहरूले एचआईभी एड्स तथा लागूऔषध दुव्र्यसनको असर तथा उपचारका सम्बन्धमा जानकारी दिनेछन्। कन्सर्ट दिउँसो १२ बजेदेखि साँझ ७ बजेसम्म चल्ने इभेन्ट व्यवस्थापक मुनाल फिल्म्सले जनाएको छ।