साउन १ गतेदेखि भारतको मुम्बईमा अन्तर्राष्ट्रिय ज्वेलरी महोत्सव प्रारम्भ भएको छ। ५ दिनसम्म चल्ने उक्त महोत्सवमा विश्वभरका आभूषण व्यवसायीहरूको सहभागिता छ। मेलामा नेपालका तर्फबाट उद्योगमन्त्री कर्णबहादुर थापाका साथै केही आभूषण व्यवसायी सहभागी छन्। नेपालको निजी क्षेत्रका तर्फबाट मेलामा भाग लिन नेपाल रत्न तथा आभूषण संघका अध्यक्ष मनिषलाल प्रधानको नेतृत्वमा २७ सदस्यीय टोली मुम्बई पुगेको छ। उक्त अवसरमा नेपालमा गहनाको गुणस्तर जाँच्नेजिमोलोजिकल ल्याब स्थापना गर्न प्राविधिक सहयोगका लागि जिमोलोजिकल इन्स्िटच्युट वा भारतसँग अनुरोध गरिने बताइएको छ। उक्त टोलीले नेपालमा सुनचाादीका गरगहनासम्बन्धी नीति नियम बनाउन भारतमा भएको नीति-नियमको जानकारी पनि लिनेछ।