आदिकवि भानुभक्त आचार्यको २ सय १ औं जन्मजयन्तीको अवसर पारेर भानु कला केन्द्र, विराटनगरका कलाकारले शनिबार संस्कृति झल्कने नृत्यहरू प्रस्तुत गरे। उक्त सांस्कृतिक कार्यक्रममा विभिन्न जनजातिको वेशभूषामा नृत्य प्रस्तुत गरिएको थियो। दुई दर्जनभन्दा बढी सांस्कृतिक नृत्य प्रस्तुत गरिएको कार्यक्रममा स्थानीय गायक विकेश के शंकरले आफ्नो गीत सुनाएर थप मनोरञ्जन प्रदान गरे।