साप्ताहिक संवाददाता
अर्को एक समाचारअनुसार आइफोन-६ को स्क्रिन हिरापछिको सबैभन्दा बलियो पदार्थ स्याफरी क्रिस्टलबाट बनाइनेछ। स्याफरी क्रिस्टलबाट बनेको स्क्रिन निकै बलियो, नफुट्ने र टिकाउ मात्र हुनेछैन तिखो चक्कुले कोर्दासमेत कोरिनेछैन। आइफोन-६ को स्क्रिन ४ दशमलव ७ इन्च भए त्यसको रिजोलुसन १४०४ गुणा ९६० हुने ब्लगर मार्क गुरम्यानको अनुमान छ। आइफोन-६ को क्यामेराका बारेमा अहिले नै केही अनुमान लगाउन सकिएको छैन।
टेक राडारका अनुसार ४ दशमलव ७ इन्चको स्क्रिन डिस्प्ले तथा ३२ जीबी स्टोरेज क्षमता भएको आइफोन-६ को मूल्य ९ सय १५ अमेरिकी डलरसम्म पर्न सक्छ। अर्को एक समाचारअनुसार ए ८ प्रोसेसरयुक्त आइफोन-६ तारबिना नै रिचार्ज गर्न सकिनेछ र त्यसको ब्याट्री ब्याकअप धेरै लामो समयसम्म रहन्छ। आइफोन-६ चाँदी रंगमा वा गाढा कालो रंगमा उपलब्ध हुनेछ।
आइफोन-६ को एप्लिकेसन थप सुधारिएर आउने चर्चा छ। आइफोन-६ ले जमिनको उचाइ नाप्ने, मौसमको भविष्यवाणी गर्ने, प्रयोगकर्ताको शरीरले खर्च गरेको क्यालोरी मापन गर्ने हिँडेको पाइला र दूरीको गन्तीसमेत गर्नेछ। यसले मुटुको धड्कन, ब्लडप्रेसर एवं दैनिक रूपमा गरिने शारिरिक ब्यायाम बढी, घटी के भयो ? निद्रा पुग्यो-पुगेन, रगतमा चीनीको मात्रा कति छ ? जस्ता अत्यावश्यक कुराबाट प्रयोगकर्तालाई अवगत गराउनेछ। यसमा शरीरको स्वास्थ्य तथा फिटनेस जाँचसम्बन्धी 'हेल्थकीट' नामको एप्स पनि हुनेछ जुन एप्सले प्रयोगकर्ताको स्वास्थ्य स्थितिका बारेमा सम्बन्धित चिकित्सकलाई जानकारी गराउनेछ।
कम्पनीको सफ्टवेयर योजना शाखाका उपाध्यक्ष कैंग फेडरिघीका अनुसार आइओएस -८ भर्सनको आइफोन-६ ले प्रयोगकर्ताको स्वास्थ्यमा कुनै खतरा देखिए तत्काल सम्बन्धित चिकित्सकलाई एलर्ट सन्देश पठाउनेछ।