साप्ताहिक संवाददाता
श्रावण ९, २०७१
लाईफाई अर्थात लाईट फिडेलिटी प्रविधिमा हाल प्रचलित रेडियो तरंगको सट्टा प्रकाश तरंग प्रयोग गरिन्छ। प्रकाश पुग्ने स्थानसम्म इन्टरनेट पनि पुर्याउन सकिन्छ। कम्पनीले विशेष प्रकारको राउटर निर्माण गरेको छ, जसमा एलइडी ल्याम्प लगाइएको हुन्छ। राउटरबाट निस्किएको इन्टरनेट रेडियो तरंग ल्याम्पको सहयोगले प्रकाश तरंगमा परिवर्तन हुन्छ। उक्त तरंग अर्को स्थानमा भएको राउटरसम्म पुग्छ र त्यसमा जोडिएको सिस्टममा हाई स्पिड इन्टरनेट उपलब्ध गराउँछ। रेडियो तरंग ह्याक हुन सक्छ, तर प्रकाश तरंग ह्याक गर्न गार्हो हुन्छ। यसले गर्दा लाईफाईबाट निस्कने इन्टरनेट सिग्नल ह्याक हुने सम्भावना निकै कम भएर जान्छ।