एउटै जोडीको प्रेमसम्बन्ध दुई-दुई पटक टुक्रिएको कतै सुन्नुभएको छ ? यस्तो घटना प्रायः चलचित्रमा मात्र घट्छ। यतिबेला नेपाली चलचित्रकी एक नायिकाको वास्तविक जीवनमा त्यस्तै यो घटना घटेको छ। नायिका सुष्मा कार्की र उनका प्रेमी निरन शाहीको प्रेम सम्बन्ध दोस्रो पटक टुटेको छ। यसअघि एकपटक विछोड भैसकेको यो जोडी केही महिनाअघि पुनः जोडिएको थियो। अघिल्लो मंगलबार भने दुवै दोस्रो पटक छुट्टएिका हुन्। चार वर्षअघि प्रेमसम्बन्ध जोड्दै-टुट्दै पुनः जोडिँदै अाएको यो जोडी पुतलीसडकको एक रेस्टुराँमा कुटपिट गर्दै छुट्टएिको हो। सुष्माका अनुसार उनीहरूको जोडी करिब एक महिनाअघि नै टुटेको हो। सुष्मा भन्छिन्- 'मैले नै ब्रेकअप गरेकी हुँ।' सुष्माका अनुसार उक्त रेस्टुराँ पुग्दासाथ नीरनले उनलाई तथा नाम गाली गर्न थालेका थिए। निरनले भने आफूलाई पिटाउन सुष्माले केटाहरू बोलाएको आरोप लगाएका छन्।