चर्चित टेलिभिजन अभिनेतृ जेनी म्याकर्थीले चाँडै विवाह गर्ने भएकी छिन्। उक्त कुरा म्याकर्थीले एक रेडियो कुराकानीका क्रममा बताएकी हुन्। कुराकानीका क्रममा म्याकर्थीले अबको दुई महिनाभित्र डोनी वेलबर्गसँग विवाह गर्ने निर्णय सुनाइन्। पछिल्ला दिनमा जेनीले टक शो 'द ब्यू' को सञ्चालनको जिम्मेवारी पनि छाडेकी छिन्। भनिन्छ, अब उनी आफ्नो करियरलाई नयाँ दिशा दिन चाहन्छिन्। यही वर्ष डोनीसँग वैवाहिक सम्बन्ध गाँस्ने कुरा गर्दा म्याकर्थी रोमाञ्चित भैरहेकी थिइन्। उनका अनुसार विवाह समारोहमा कुनै पनि सेलिब्रेटीलाई बोलाइनेछैन्। विवाहमा ८० जना साधारण पाहुना हुनेछन्।