साप्ताहिक संवाददाता
लाहुरे पृष्ठभूमिबाट आउनुभएको तपाईं कसरी ग्ल्यामर क्षेत्रमा आकषिर्त हुनुभयो ?
सानो छँदा टेलिभिजनमा ब्युटी प्याजेन्ट खुब हेरिन्थ्यो र आफूले पनि त्यस्तै क्राउन जित्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो। यसमा सफलता प्राप्त गर्न थि्रडी अर्थात् डेडिकेसन, डिभोसन र डिसिप्लिन आवश्यक हुने रहेछ। त्यही थि्रडीलाई प्राथमिकतामा राख्दै मैले आफूलाई निखार्दै लगें। ब्युटी प्याजेन्टमा भाग लिएँ र उपाधि पनि जितें। यसबाट म थप हौसिएँ। अन्तत: ग्ल्यामरको क्षेत्रबाट पछाडि फर्कन मन लागेन।
कोरियोग्राफर नै बन्नुको खास कारण ?
मिस परीमा मेरो पर्फमेन्सबाट आयोजकहरू एकदमै प्रभावित हुनुभएको रहेछ। त्यसैले उहाँहरूले दोस्रो संस्करणको कार्यक्रममा मलाई नै कोरियोग्राफी गर्न दिनुभयो। मैले उक्त जिम्मेवारीलाई सहर्ष स्वीकार गरें। किनभने त्यो मेरा निम्ति अनुभव सँगाल्ने अवसर थियो।
कोरियोग्राफीलाई क्यारियरकै रूपमा लाने सोच हो ?
कोरियोग्राफी नै मेरो मुख्य लक्ष्य हो। यो चुनौतपूर्ण र सिर्जनात्मक क्षेत्र हो। अहिले नेपालमा कोरियोग्राफी व्यावसायिक हिसाबले नै अगाडि बढाउन सकिने अवस्था छ। ब्युटी प्याजेन्ट, र्याम्प शो, नृत्यमा मात्र होइन, विभिन्न प्रोडक्ट लन्चदेखि मनोरञ्जक कार्यक्रम आयोजना गर्दासमेत कोरियोग्राफरको आवश्यकता महसुस गर्न थालिएको छ।