दुई दर्जन कलाकारको समूहले काठमाडौंको बबरमहल रिभिजिटेडस्थित सिद्धार्थ आर्ट ग्यालरीमा 'अमालगम' शीर्षकमा चित्रकला प्रदर्शनी गरिरहेको छ। साउन १२ गतेसम्म चल्ने उक्त प्रदर्शनीको समापनका अवसरमा 'नेपालको सडक कला' विषयमा जानकार कलाकार तथा कला संकलकहरूको भेला पनि हुने भएको छ। भेला प्रदर्शनीस्थल सिद्धार्थ आर्ट ग्यालरीमा आइतबार दिउँसो ३ बजे हुने बताइन्छ।